प्राज्ञिक विद्यार्थी परिषद्ले विराटनगरमा शिक्षा कार्यशाला गर्दै

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्याशाला गर्ने भएको छ ।

नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्याशाला संचालन हुने परिषद्ले जनाएको छ ।

असार ९ गते शनिवार बिहान ११ बजेदेखि मोरङ व्यापार संघमा कार्याशाला संचालन हुने परिषद्का कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग प्रमुख अतिथि रहने कार्यक्रममा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यशालाको टिप्पणीकर्तामा शिक्षाविद् तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार प्रा. डा. भेषप्रसाद धमला र शिक्षाविद् प्रा. डा. टंक न्यौपाने रहेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. बिजु थपलिया कार्यक्रम संयोजक रहेका छन् ।

आधारभूत तहदेखि उच्च तहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन पद्धति र शिक्षा नीति आदि विषयका बारेमा अध्ययन, विश्लेषण एवम् विस्तृत चर्चाको साथमा समग्र शिक्षा क्षेत्रको सुधारका लागि उचित नीति निर्माणको विषयलाई लक्षित गर्दै कार्यशाला हुने परिषद्ले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।