सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बिहीबार प्रहरीले सुन तस्करीमा संलग्न रहेको आशंकामा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक चछ्याङ लिन रहेको छन् । उनलाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट बाहिरिने क्रममा पक्राउ गरिएको हो । पक्राउ परेसँगै उनलाई थप अनुसनधानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको विमानस्थलको अध्यागमन कार्यालय गौचरले जनाएको छ ।

विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजाने क्रममा करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको थियो । सो प्रकरणमा यसअघि प्रहरीले एक भारतीय नागरिकसँगै ६ जनालाई पक्राउ गरिसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।