एक्सरेमा डिटेक्ट भएको सुन जाँचपासबाट कसरी बाहिरियो ? भन्सारका कर्मचारी भन्छन्- ‘सुन हो भन्ने थाहै भएन’

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब १०० किलो सुन जाँचपासका क्रममा एक्सरेमा डिटेक्ट भएको पाइएको छ । क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत हङकङबाट आएको ‘अटो पार्टस्’ लेखिएको कार्गो विमानबाट ल्याइएको उक्त सुन जाँचपासका क्रममा एक्सरेमा डिटेक्ट भएको पाइएको हो ।

भन्सार जाँचका क्रममा रेडी ट्रेड प्रा.लि.को नाममा ८ वटा प्याकेटमा ल्याइएको मोटरसाइकल र स्कुटरको १६० वटा ‘ब्रेक शु’ जाँचका क्रममा एक्सरेमा डिटेक्ट भएको थियो । भन्सार जाँचका क्रममा देखिएको ‘फलामको कालो डल्लो’ सुन हो भन्ने नलागेपछि छोडिएको भन्सारका कर्मचारीको भनाई रहेको छ ।

यसरी जाँचपासका क्रममा एक्सरेमा डिटेक्ट भइसकेको सुन विमानस्थलबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागको टोलीले उक्त सामान बोकेको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालक अशोक लामालाई नियन्त्रमा लिएको थियो । हाल उक्त प्रकरणमा प्रहरीले चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

हालसम्म पक्राउ पर्नेमा सुन तस्करी प्रकरणका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलीप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राई र तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ रहेका छन् । विभागले उक्त प्रकरणमा विमानस्थल संयन्त्रको संलग्ताको आशंकामा विशेष अपरेशन सुरु गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।