कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने

एजेन्सी/सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइएको भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका छन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्याइएको छ ।

मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन –एसएससीएसओए० को वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियममा परिवर्तन गरिने बताएका छन् ।

उनले भने, ‘यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ । बाँकी जानकारी छिट्टै सूचित गरिनेछ ।’

मातृत्व लाभ ऐन, १९६१ अनुसार महिलालाई ६ महिना तलबसहित बिदा दिने व्यवस्था छ ।

सिक्किममा भारतको सबैभन्दा कम जनसंख्या ६.३२ लाख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।