हिक्मतकुमार कार्कीले पाएनन् झण्डा हल्लाउन

विराटनगर । सर्वोच्चको फैसला पछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालयले बेवास्ता गरेका छ ।

काठमाडौँमा रहेका कार्की आज बिहान १० बजे विराटनगर आएर मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए । तर, उनी विमानस्थलमा ओलिँदा न उनलाई स्वागत गर्न कर्मचारीहरू पुगेका थिए, न त उनले दाबी गरेजस्तो मुख्यमन्त्रीको हैसियत प्रदान गर्ने सुरक्षाकर्मी र सवारी साधन नै थियो ।

सर्वोच्चको फैसलाले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई बर्खास्त गरी साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ । तर, यो अवधिमा कामचलाउ मुख्यमन्त्री को हुने भन्ने आदेशमा स्पष्ट नभएकोले मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि अन्योलमा छन् ।

महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले उद्धव थापा नै काम चलाऊ मुख्यमन्त्री रहने बताइरहेको बेला कार्की र उनको पक्षमा सर्वोच्चमा बहस गरेका वकिलहरूले भने कार्की नै मुख्यमन्त्री हुने दाबी गरिरहेका छन् । तर, मुख्यमन्त्री कार्यालयले भने कार्कीलाई अहिलेसम्म मुख्यमन्त्रीको मान्यता दिन अस्वीकार गरेको देखिएको छ ।

कार्कीलाई मुख्यमन्त्रीको रूपमा स्वीकार गरेको अवस्थामा मुख्यमन्त्री कार्यालयले झण्डावाल गाडी र तोकिएका सुरक्षाकर्मीसहित स्वागतको लागि विमानस्थल पुग्नुपर्ने थियो । तर, मुख्यमन्त्री कार्यालयले कुनै वास्ता नगरेकोले कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको को १ झ ६५२ नम्बरको स्कारपियोमा विमानस्थलबाट निस्किए ।

मुख्यमन्त्री कार्यालय जाने बताउँदै आएका उनी विमानस्थलबाट आफ्नै निजी निवासतिर लागेका छन् । यस्तै आफूसहित आफ्नो क्याबिनेटमा रहेका तत्कालीन मन्त्री बुद्धिकुमार राजभण्डारी पनि आफ्नै डेरातिर लागेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।