सम्पत्ति विवादमा सौताबाट मारिइन मञ्जु रावल, डेढ महिनापछि शव फेला

कैलाली । प्रहरीले कैलाली लम्कीचुहा नगरपालिका ४ भल्काकि मञ्जु रावल (३३) को हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । घटना सम्पत्ति विवादमा भएको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले मञ्जुको शव बेपत्ता भएको डेढ महिनापछि बरामद गरेको हो ।

प्रहरीका अनुसार मञ्जुको हत्यामा उनकै सौता र छोरा तथा भतिजको संलग्नता रहेको खुलेको छ । जनक बहादुर रावलकी श्रीमती मञ्जुले २३ असार २०७६ मा सम्बन्ध बिच्छेद गरेकी थिइन । जनकको ४ चैत्त २०७७ मा मृत्यु भएको थियो ।

जनकको मृत्यु पछि दुबै श्रीमती गोमा रावल र मञ्जु रावलले सहमतीमै कैलाली लम्कीचुहा नगरपालिका ४ को वडा कार्यालयमा २२ चैत्त २०७७ मा मृत्यु दर्ता गरेका थिए ।

मृत्यु दर्तापछि जनककी जेठी श्रीमती गोमाले वडा कार्यालयमा मञ्जु रावलले मेरो श्रीमान जनकसंग मृत्युअघि नै सम्बन्ध विच्छेद गरेको र उनले झुठो विबरण पेश गरी मृत्यु दर्ता प्रमाण पत्रको श्रीमतीको महलमा आफ्नो समेत नाम राखेकोले आफ्नो नाम मात्र राखि मञ्जु रावलको नाम हटाई पाउँ भनि निवेदन दिइन् ।

वडा कार्यालयले २९ पुष २०७९ मा नगरपालिकाबाट निर्णय गराई जिल्ला प्रशासन कार्यालय धनगढी कैलालीलाई जनकबहादुर रावलको मृत्यु दर्ता प्रमाणपत्र रद्दको पत्र लेखेको थियो ।

जिल्ला प्रशासन कार्यालय धनगढी कैलाली १८ फागुन २०७९ मा मृत्युअघि सम्बन्ध बिच्छेद भएकोले मञ्जु रावलले झुठा विबरण पेश गरी मृत्यु दर्ता गराएको हुँदा उनलाई राष्ट्रिय परिचय पत्र तथा पंजिकरण ऐन अनुसार कारबाही गर्न भनि जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीलाई पत्र पठाएको थियो । ईलाका प्रहरी कार्यालय लम्की कैलालीले पत्र प्राप्त भएपछि झुठो विबरण पेश गरी मृत्यु दर्ता गरेको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले मञ्जुलाई पक्राउ गरेर कैलाली जिल्ला अदालतमा पेशगर्दा को थुनछेक आदेशले २० हजार रुपैयाँ धरौटी माग भएको थियो ।

यसपछि २८ चैत्त २०७९ मा मञ्जुले मेरी सौता गोमा रावल, उनको छोरी बर्षा रावल र भतिजा भरत रावल समेतले जग्गाको विषयलाई लिई मलाई ज्यान मार्ने धम्की दिएको हुँदा आवश्यक कारवाही गरी पाउ ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा निवेदन दिइन् ।

प्रहरीले निवेदनमा कारबाही अघि बढाउँदै गोमा रावल र मञ्जु रावललाई ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा बोलाई आवश्यक छलफल गराएको समेत जनाएको छ ।

यो घटनाको तीन महिना नपुग्दै १ असारमा मञ्जुका छोरा बिवेक रावलले आमा २५ जेठदेखि वकिललाई भेट्न मसुरीया जान्छु भनेर गएको तर नफर्किएको भन्दै ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा निवेदन दिएक थिए ।

प्रहरीले मञ्जु ले प्रयोग गर्ने मोबाईल नम्बरको सीडीआर माग गरी हेर्दा उनको मोबाल नम्बरमा सरीता रावलको मोबाईलबाट २ पटक सम्पर्क भएको दुबैको र मञ्जुको मोबालको लोकेशन एउटै स्थानमा देखिएको थियो ।

उनको मोबाइल कैलाली गौरीगंगा नगरपालिका बडैपुरमा अफ भएको देखिएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो ।

यस्तै मञ्जुका भाई सुरेन्द्र कार्कीले उनलाई बेपत्ता पारेको भन्दै गोमा, भरत र सरिता समेतको नाममा व्यक्ति बेपत्ता शिर्षकमा किटानी जाहेरी १३ असारमा दिएका थिए ।

प्रह्रीले किटानी जाहेरीका आधारमा २५ असारमा गोमा, ४ साउनमा वर्षा र भरत र १२ साउनमा सरितालाई पक्राउ गरेको थियो । प्रहरी सोधपुछमा सरिताले देखाएको स्थान जिल्ला कैलाली मोहन्याल गाउँपालिका ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरीएर रहेको हड्डी (कंकालहरु) टुक्राटुक्रा फेला परेको, सोहि हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ताबाट शव मञ्जुको आमाको रहेको छोरा विवेकले सनाखत गरेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना सम्पत्ति विवादमा भएको खुलेको छ । कैलाली प्रहरीले घटनाको बिस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।-पर्दाफास

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।