डेढ महिनादेखि बेपत्ता मञ्जुको आफन्तैबाट हत्या, जेठी सौतासहित चार जना पक्राउ

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा स्थानीय ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोली बस्ने ३७ वर्षीया सरिता रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

मञ्जुको हत्यामा संलग्न गोमा जेठी सौता हुन् । उनीहरुका श्रीमान जनकबहादुर रावलको २०७७ साल फागुन ४ मा मृत्यु भएको थियो । वर्षा जेठी श्रीमतीतर्फकी छोरी हुन् भने भरत भतिजा हुन् । उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

मृतक रावलका छोरा विवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरीया जान्छु भनी हिँडेकी आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाँऊ भनी असार १ गते प्रहरीमा निवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित चार जनालाई पक्राउ गरेको थियो । हत्या भएको एक महिना पछि असार २५ गते गोमा पक्राउ परेकी थिइन् । यस्तै साउन ४ गते धनगढी बजारबाट वर्षा र भरत पक्राउ परेका थिए । हत्या घटनामा सहयोगी भूमिका खेलेकी सरिता साउन १२ गते पक्राउ परेकी थिइन् ।

साउन १४ गते प्रतिवादी सरिता रावलले मन्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका–५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो ।

उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रंगको कुर्ता सुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।