झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, साउन १६ । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।
हिजो साँझा साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-१३ चारआली चौक स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका-११ ईलामका २६ बर्षीय किरण राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
त्यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ ढाटमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भरातबाट नेपालतर्फ आउदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक ४० बर्षीय दिपक घिसिङ तामाङको साथबाट ५ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा हो भने प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी-६ स्थित को १९ प ३७४० नम्बरको स्कुटी रोकी एक-आपसमा कुरा गरिरहेका अवस्थामा फेला पारी चेकजाँज गर्न क्रममा स्कुटीमा लुकाईछिपाई राखेको अवस्थामा ट्रामाडोल ९० चक्की र स्पास्पेन १ सय २३ चक्की फेला पारे सगै स्थानीय ३० बर्षीय सुमन लम्बु, २७ बर्षीय बिश्वास लिम्बु र धरान-७ का २० बर्षीय सुमन लिम्बुलाई स्कुटि सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।


