बैतडीमा जन्मियो टाउकोतिर खुुट्टा भएको बच्चा

बैतडी : बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी हुन्। लुहारले कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन्। उनले भनिन्, ‘बच्चा जन्मिने मिति भन्दा एक हप्ता पछि जन्मिएको बच्चाको टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको छ, थप उपचार आवश्यक छ हामीले भनेका छौँ।’

उनले थपिन् ,‘सीमाको बच्चाको जन्म जोखिमपूर्ण छ। उनको उमेर कम छ। उनी धेरै कमजोर भएकाले यस्तो बच्चा जन्मिएको हुनसक्छ। करिब दुई महिना अगाडि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठीकै थियो। गर्भमा रहँदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको हुनसक्छ।’ अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन्। लुहारको आर्थिक अवस्था कमजोर छ। उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन्।

नवजात शिशुको थप उपचारका लागि हाडजोर्नी विशेषज्ञलाई देखाउनु पर्ने डा गुणराज अवस्थीले बताए। उनले भने, ‘यो बच्चालाई समयमै हाडजोर्नी विशेषज्ञलाई देखाउन सल्लाह दिएका छौँ। कम उमेरमा विवाह गरी बच्चा जन्मेकाले यो समस्या भएको हो।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖