धनकुटाको मूलघाट पुगि फर्केका रोहितलाई गोली प्रहार गरि हत्या गर्ने थप दुई जना पक्राउ

विराटनगर । धरानको सेउती पुलनजिक विराटनगर ५ का रोहित चौधरीमाथि लुटपाट तथा गोलि हानी हत्या गर्ने घटनामा संलग्न थप दुई जनालाई पक्राउ परेका छन् । बिहीबार प्रहरीले धरान र विराटनगरबाट उनीहरूलाई पक्राउ गरिएको हो।

कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोलाका अनुसार पक्राउ पर्ने धरानका प्रकाश लिम्बू र विराटनगरका अज्जु भनिने अजय शर्मा छन् । शर्माले हतियार उपलब्ध गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

चौधरी हत्याकाण्डमा प्रहरीले बुधबार नाइके मानिएको लेटाङ नगरपालिका–१ का दीपक तिमल्सिना र धरान–१४ का अनसन तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

त्यससँगै थप अनुसन्धानका क्रममा करिब २२ वर्षका लिम्बूलाई धरान र करिब ३० वर्षका शर्मालाई विराटनगरबाट पक्राउ गरिएको हो । उनका अनुसार घटनामा तिमल्सिनालगायतको समुहलाई शर्माले हतियार उपलब्ध गराएका हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।