रक्सीले मातेर युवतीसँग अनैतिक हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत डमरु अतिरिक्त समूहमा तानिए

काठमाडौं,२४ साउन । एक महिलासँग मदिराको नशाले लठ्ठ भएर अनैतिक हर्कत गरेको भिडियो टिकटकबाट सार्वजनिक भएपछि विवादित बनेका झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला संघीय तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

मन्त्रालयले हालै उपसचिव सरुवाको निर्णयको सूचीमा निरौला पनि परेका हुन् । निरौलाको ठाउँमा तारकेश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।

गत साउन १३ गते सरकारी क्वार्टरमा एक युवतीसँग आपत्तिजनक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन् पत्र काटेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।