पाँचजना छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक धरौटीमा छुटे

विराटनगर । मोरङको जहदा गाउँपालिकास्थित एक विद्यालयका पाँचजना छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षक धरौटीमा छुटेका छन् ।

जहदास्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साहविरुद्ध पाँचजना छात्राले उजुरी दिएका थिए । जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालको इजालासले साहलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

साहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी छुट्टछुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्यालको इजलासले पाँचवटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटीमा छोड्न आदेश भएको अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

अदालतले तोकेको धरौटी बुझाएर साह रिहा भएका छन् । साहले पछिल्लोपटक जेठ ३२ मा एक छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय मोरङमा परेको थियो । उनी असार ११ गते पक्राउ परेका थिए ।

विज्ञान विषयका करारका शिक्षक साहले कक्षा चारदेखि आठसम्म अध्यापन गराउँदै आएका थिए । उनले अलग अलग समयमा विद्यालयका पाँचजना छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको भन्दै मुद्दा परेको थियो ।
दोस्रोपटक दुर्व्यवहार गरेको घटना बाहिरिएपछि उनीविरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । उनले होमवर्क नमिलेको भन्दै छात्राको सर्टभित्र हात लैजाने, नितम्ब सुम्सुम्याउने, चिमोट्ने जस्ता यौनजन्य दुर्व्यवहार गर्दै आएको उजुरी दिइएको थियो । घटनाबारे छात्राहरुले अभिभावकलाई बताएपछि घटना बाहिरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।