विदेशमा रहेका श्रीमानलाई मृत सावित गराई सम्पत्ती विक्री गरेर श्रीमति फरार

पर्सा- वैदेशिक रोजागारीमा रहेका श्रीमानलाई मृत सावित गरी उनको नाममा रहेको करडौं मूल्य पर्ने जग्गा विक्री गरी श्रीमती फरार भएकी छन् । झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी भोला पासीलाई उनकै श्रीमति देवी पासिले मृत सावित गरी उनको नाममा रहेको ५ कित्ता जग्गा विक्री गरी फरार भएकी हुन् ।

एक छोरा र एक छोरीकी आमा सिता देवीले आफ्नो नाममा रहेको सम्पत्ती विक्री गरी फरार भएपछि ७० वर्षीय वृद्ध आमाको हेरचार गर्ने समेत कोही नभएको भोलाको भनाई छ । उहाँ परिवारको भरणपोषणका लागि विगत दश वर्षदेखी भारतको कोलकत्तामा रहँदै आउनु भएको छ । श्रीमतीले आफूलाई मृत सावित गरी जग्गा विक्री गरी बच्चासमेत लिएर अन्य युवकसँग भागेको जानकारी पाएपछि आफू वीरगन्ज फर्किएको बताउनुभयो ।

श्रीमान रोजगारीका सिलसिलामा भारतको कोलकत्तामा बस्दै आएको मौका छोपी ४६ वर्षीय सिता देवीले आफ्नो पुरुष मित्रको सहयोगमा २०७५ भदौं ५ गते घरमै मृत्यु भएको झुठा प्रमाण देखाई २०७८ बैशाख १५ गते मृत्यु दर्ता प्रमाणपत्र हासिल गरेको र सो पछि श्रीमानको नाममा रहेको जग्गा विक्री गरी आफ्नो पुरुष मित्रसँग फरार भएको भोलाकी भान्जाबुहारी तारादेवी पासिले जानकारी दिनुभयो ।

उहाँले जिउँदै रहेको ससुरालाई कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भाग्ने सिता देवी र सो कार्यमा सघाउने सबैलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सिता देवीले हासिल गरेको मृत्यु दर्ता प्रमाणपत्र दिनमा तत्कालिन वडा सचिव वा अन्य कर्मचारीको कुनै दोष नभएको वीरगन्ज महानगरपालिका पंजिकरण शाखाकी प्रमुख वुद्धीमया गुरुङ्ले दावी गर्नु भयो । उहाँले सितादेवीले भोलासँगको विवाह दर्ता, नेपालको नागरिकता लगायतका आवश्यक सबै कागजात पेश गरेपछि मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको बताउनुभयो ।

उता कागजमा मृत घोषित गरिएका भोला भने आफूलाई पुनःजिवित बनाइ दिन आग्रह गर्दै विभिन्न सरकारी कार्यालय धाइरहनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट २०५० सालमा प्राप्त गरेको नागरिकता बोकेर भोला प्रशासन कार्यालयमै दिनहुँ पुग्ने गरेको परिवारका सदस्यहरु बताउँछन् ।

श्रीमतीले कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भागेको घटनाले भोलालाई ठुलो मानसिक आघात पुगेपछि अहिले उहाँको मानसिक सन्तुलन समेत बिग्रदैं गएको परिवारजनले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।