झापाका अजयले पोर्चुगलमा गरे आत्महत्या

झापा । झापा जिल्ला गौरादह नगरपालिका वडा न.३ गुराँस चोकका स्थानीय नारायण थापा तथा हेमा थापाका ३१ वर्षीय जेठा छोरा अजय थापाको निधन भएको छ ।

हाल वैदेशिक रोजगारीका क्रममा आफ्नो परिवार सहित विगत ६ वर्ष देखि पोर्चुगलको राजधानी लिस्बन स्थित सितेरियोस बस्दै आएका अजय थापाको यही १७ अगस्टमा निधन भएको जानकारी प्राप्त भएको छ ।

थापा बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हाम फालेर आत्महत्या गरेको गैर-आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । थापाले के कारण आत्महत्या गरेका हुन् भन्ने विषय भने खुली नसकेको अध्यक्ष खड्काले बताए ।

साथै गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल र गैर-आवासीय नेपाली सङ्घ, पोर्चुगलले मृतकको सब नेपाल ल्याउन सहयोगको अपिल गरेको छ ।

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका कोषाध्यक्ष राजेन्द्र प्रसाद डुम्रेले जानकारी दिए अनुसार मृतक थापाको आर्थिक अवस्था कमजोर भएको भनी परिवारले गरेको आग्रह बमोजिम मृतकको शव नेपाल ल्याउने व्यवस्थापनको लागि यथाशक्य आर्थिक सहयोग गरिदिन सम्पूर्ण पोर्चुगलवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गरिएको जनाएका छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल गएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर डटमा काम गर्दै आएका थिए । हाल प्रहरीको अनुसन्धान जारी रहेकाले उनको पार्थिव शरीरलाई लिस्बनस्थित एक अस्पतालको शव गृहमा राखिएकाले नेपाल ल्याउन केही दिन लाग्ने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।