७ वटा सवारीसाधनसँग ठोक्किएको कलेज बसका ड्राइभरले गाँजा खाएको पुष्टि

चितवन । गत असार ३१ गते भरतपुर महानगर र रत्ननगर नगरपालिका जोड्ने टिकौली जंगलमा अक्सफोर्ड कलेजको बस चालकले लागुऔषध खाएको कारण ७ वटा सवारीलाई ठक्कर दिइ दुर्घटना भएको खुलेको छ ।

अक्सफोर्ड कलेजका बस चालक भरत भनिने २६ वर्षका आशिष परियारले गाँजा सेवन गरी गाडी चलाएको कारण दुर्घटना भएको रगत परीक्षणबाट खुलेको हो ।

उनले चलाएको कलेज बसले एउटा शव बोकेको गाडी र ६ वटा मोटरसाइललाई ठक्कर दिएको थियो । दुर्घटनामा २० जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार चालक परियालरले गाँजा सेवन गरी बस चलाएको रगत परीक्षणको रिपोर्टले पुष्टि भएको बताए ।

‘हामीले अहिले दुर्घटनाको कारण बुझ्न चालकको रगत परीक्षण पनि गर्ने गरेका छौं’, उनले भने, ‘अक्सफोर्ड कलेजका बस चालक परियारको रगत परीक्षण रिपोर्टमा गाँजा खाएको देखियो ।’

टिकौली जंगलमा तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरी अनुसन्धानमा देखिएको छ । बस चालकको लापरबाहीका कारण भयानक तरिकाले शव बोकेको गाडीसहित मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइतेमध्ये कतिपयको अझै उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण मृतकका परिवारका सदस्य काजकिरियामा समेत बस्न नपाइ उपचारमा छन् । उक्त दुर्घटनामा ७ जना गम्भीर घाइते भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।