बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर

टीकापुर, २० भदौ ः कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यसवर्ष पनि रहर गरिन् । परिवारका सदस्यलाई पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार हिँड्नुभएका पाण्डेले एक वर्षको हुँदादेखि छोरीलाई राधा बनाउने गरेको बताउनुभयो ।

‘‘सानी हुँदा हामीले रहर ग¥यौँ, अहिले ठूली भएपछि छोरीले रहर गर्न थालेकी छिन्’’, पाण्डेले भन्नुभयो, ‘‘अब ठूली भइन, यसपटक हाम्रो रहर थिएन, तर छोरीले जिद्दी गरेपछि कपडा किन्नुप¥यो ।’’टीकापुरकी सिर्जना थापाका दुई छोराछोरीले पनि आज राधाकृष्ण बन्नका लागि मंगबलबार पोसाक किनिसकेका छन् । सिर्जनाका छोराछोरी पनि जन्माष्टमीमा राधा कृष्णको पोसाक लगाउने, बालगोपालले गर्ने क्रियाकलाप गरेर घरमा रमाइलो गर्ने गर्दछन् ।

पछिल्लो समय विद्यालयमा पनि जन्माष्टमीको अवसरमा साना बालबालिकालाई बालगोलाप तथा राधाको पोसाक लगाएर संस्कृति तथा परम्परा चिनाउने गरिन्छ ।

बालबालिकालाई भगवान कृष्णको जीवनी पढाउँदै यो पर्वमा गरिने हरेक क्रियाकलाप गरेर रमाइलो गर्ने चलन रहेको शिक्षक पूर्ण विक बताउनुहुन्छ । ‘‘पछिल्लो समय हरेक विद्यालयमा कार्यक्रम हुन थालेका छन्, यो समयमा धार्मिकसँगै सांस्कृतिक कार्यक्रम, मट्का फोड कार्यक्रम गर्ने गरिन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘विद्यालयमा हरेक पर्व मनाउने अभ्यास थालिएको छ । यसले बालबालिकालाई पनि सिकाइ हुन्छ ।’’सनातन संस्कृति प्रतिष्ठान नेपाल टीकापुरका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना बालगोपालका आनीबानीमा प्रेरित भएर बालबालिका पनि यसमा रमाउने गरेको पाइएको बताउनुहुन्छ । ‘‘बाललिला, दही चोर लीला अनुकरण गर्ने र आस्था प्रकट गरिन्छ, भगवान कृष्णको लीलालाई दोहो¥याएर बालबालिकाले कृष्ण, राधा बन्ने, सामूहिक रुपमा मट्का फोड्ने काम गरेको पाइन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘यसले आत्मियता, सामूहिक कार्य गर्ने भावनाको विकास हुन्छ । एकआपसमा सद्भाव बढाउन सघाउँछ ।’’उहाँका अनुसार सामान्यतया पर्व आस्था प्रकट गर्न, एक अर्कामा सद्भाव र मायाप्रेम साट्न, संस्कृति जोगाउन गरिन्छन् ।

‘‘पर्वमा देखिएका उत्ताउलापन रोक्नुपर्छ । पर्वकोस्वरुप विकृत गर्नुहुँदैन’’,उहाँ भन्नुहुन्छ, ‘‘हरेक पर्व क्षमता हेरे मनाउनुपर्छ । पर्वको स्वरुप विकृत भएमा समाज पनि विकृत हुन्छ ।’’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।