भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भाद्र महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गर्ने २ जना प्रहरी कर्मचारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी ( Best Police Of The Month) घोषित गरी पुरस्कृत गरेको छ ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार रघुनाथ मण्डललाई पुरस्कृत गरेको हो ।

पुरस्कृत भएका प्रनानी कटवालले मोरङ र सुनसरी जिल्लामा श्रृङखला बद्द भएको लुटपाटको घटनामा संग्लग्न ब्यक्तिहरुलाई पक्राउ गर्नुका साथै ड्युटीमा खटिएको प्रहरी टोलीलाई आक्रमण गरी घाइते बनाइ लुटेर लगेको प्रहरीको चाइनिज पेस्तोल समेत बरामद गर्न सफल भएको र मण्डलले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागि आवश्यक पर्ने फर्निचर, स्थानीय स्तरमा उपलब्ध साधनश्रोतको अधिकतम सदुपयोग गरी विभिन्न किसिमका फर्निचरहरू निर्माण गरी कार्यालयको सौन्दर्यीकरण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरी पुरस्कृत गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिगत देखी नै हरेक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आईरहेको र सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्य बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको डिजिटल डिस्प्लेमा तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।