अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला, १९ कात्तिक : जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।