छरुवा धानखेतीको परीक्षण सफल

बनियानी, ८ मङ्सिरः झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ । कनकाइमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो । प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको उहाँको भनाइ थियो । “यो प्रविधिबाट धानखेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ”, निमित्त प्रमुख विष्टले भन्नुभयो, “यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ ।”

छरुवा धानखेतीका लागि मुख्य समस्या झार रहेको छ । कृषकले झार व्यवस्थापन गर्नसके कम लागतमा राम्रो उत्पादन लिनसक्ने उहाँले उल्लेख गर्नुभयो । धान रोप्न आधुनिक उपकरणबाट गरिएको खेतीसमेत राम्रो भएको छ । किसानलाई यान्त्रिकीकरणमा अभ्यस्त बनाउन परीक्षण र प्रदर्शनीका रुपमा कृषि ज्ञानकेन्द्रले कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकामा प्रदर्शनीका रुपमा ८० बिघामा आधुनिक उपकरणमार्फत धान रोप्न किसानलाई सहयोग–सहजीकरण गरेकोे थियो । उक्त धान खेतीमासमेत प्रतिबिघा ८० मनकै हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्टले बताउनुभयो ।

उपकरणका माध्यमबाट धान रोप्दा करिब २० प्रतिशतसम्म लागत खर्च घट्ने कार्यालयले जनाएको छ । यसरी धान रोप्नका लागि प्रोत्साहित गराउन कार्यालयले चालू आर्थिक वषमा रू १० लाख अनुदानसमेत उपलब्ध गराउने भएको छ ।

चैते धान रोप्ने कृषकलाई उपकरण प्रयोग गर्दा लागेको खर्चको ७५ प्रतिशत अनुदान दिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उत्पादकत्व बढ्ने अनुमान

झापामा यो वर्ष बर्खे धानको उत्पादन बढ्ने भएको छ । गत वर्ष चार लाख २३ हजार मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष चार लाख ३० हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने कृषि ज्ञानकेन्द्रको प्रारम्भिक अनुमान छ । गत वर्ष जिल्लामा धानको उत्पादन चार दशमलव ८९ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यो वर्ष पाँच मेट्रिकटन पुग्ने कार्यालयले जनाएको छ ।

“नमूना सङ्कलन गरिरहेका छौँ”, निमित्त प्रमुख विष्टले भन्नुभयो, “यो वर्ष धान उत्पादन बढी भएको पाएका छौँ, चार÷पाँच दिनमा यकीन तथ्याङ्क आउँछ ।” जिल्लाका माइपश्चिम बिर्तामोड, बुद्धशान्ति, अर्जुनधारा, हल्दीबारीलगायत स्थानको नमूना सङ्कलन गर्दा उत्पादन राम्रो भएको पाइएको उहाँको भनाइ थियो।

जिल्लाको ८७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यो वर्ष ८५ हजार सात ५० हेक्टरमा धानखेती गरिएको छ । पन्ध वटा पालिकामध्ये सबैभन्दा बढी गौरीगञ्ज र सबैभन्दा कम दमकमा धानखेती भएको कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖