आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाईते

मोरङ, मंसिर २१ । मोरङको बिराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

हिजो दिउँसो २ बजे सातघुम्ती स्थित कवाडी पसलमा अचानक आगलागी हुँदा बिराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको छ ।

सुशिला पासवानको घटना स्थलमा नै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आगोमा परी घाईते भएका बिराटनगर-६ का ५८ बर्षीय किशोर पासवान, ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० बर्षीया पिङ्की कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भईरहेको छ ।

घाईतेहरुलाई नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि लगिएको हो भने उक्त आगो ६ वटा दमकल, स्थानिय बासी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको र आगलागिबाट करिव ४० लाख बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।