संयोजक पाण्डपलाल चौधरी र धनकुटाका महेश राईलाई तुरुन्त रिहा गर्न माग

धनकुटा । प्रदेश न १ पुनः नामाङ्कन सयुक्त सघर्ष समितिले झापा संयोजक पाण्डपलाल चौधरी र धनकुटाका महेश राईलाई तुरुन्त रिहा माग गरेको छ ।

अरु बन्दिहरु छुटेपनि चौधरी र राई छुटेका छैनन ।

हेर्नुहोस विज्ञप्तिः

प्रेस विज्ञप्ति
प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाका संयोजक पाण्डपलाल चौधरी र धनकुटाका महेश राईलाई तुरुन्त रिहा गर !

नश्लीय प्रदेश नाम ‘कोशी’ खारेजी नभएसम्म ८२+३ (प्रदेश सभा सदस्य र हामीलाई अपराधी आतङ्ककारी भनी आरोप लगाउने केपी ओली, योगेश भट्टराई र महेश बस्नेत)लाई कालो झण्डा देखाउने र विरोध प्रदर्शन गर्ने हाम्रो घोषित कार्यक्रम हो ।

समस्या समाधान गर्नुको साटो सुरक्षा घेरा भित्र रहेर पहिचानवादीहरूको भावना कुल्चिँदै जबरजस्ती गरिनुले जनता थप आक्रोशित र आक्रामक हुँदै गएका छन् । यसै क्रममा २०८० मङ्सिर २६ गते मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएको र गाडी तोडफोड गरेको अभियोगमा गिरफ्तार गरेको ७ दिन बितिसक्दा पनि झापा सङ्घर्ष समितिका संयोजक पाण्डपलाल चौधरी र धनकुटाबाट २८ मङ्सिरमा गिरफ्तार महेश राईलाई रिहा नगरेको प्रति घोर भत्सर्ना गर्दछौँ ।

महेश राई पहिचान र पहिचान आन्दोलनको कट्टर समर्थक भएको उहाँको साहसिक कदमबाट प्रष्ट हुन्छ । प्रदेश नामकरणमा प्रदेशवासीको भावनालाई कुल्चिएको आन्दोलनकर्मी माथि प्रहरीबाट भएको ज्यादती सहन नसकेर हजारौँ प्रहरी घेरा छिचोलेर स्वतस्फूर्त रूपमा केपी ओलीलाई आक्रोश पोख्न पुगेको हाम्रो ठहर छ । यस घटनाले ओली लगायतका व्यक्तिहरू प्रति प्रदेशवासी जनता खुसी छैनन् भन्ने स्पष्ट सङ्केत हो । हाम्रो मागको चाँडै सुनुवाइ नभए महेश राई जस्ता हजारौँ साहसिक योद्धा तत्काल जन्मने प्रष्ट छ ।

महेश राईको गिरफ्तारी, केपी ओलीका पिछलग्गु दासहरूले महेश राईको श्रीमतीलाई धम्क्याउने, मानसिक यातना दिने, केही मिडियाले झुटो बोल्न लगाएर प्रचार गर्ने गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पक्राउ गरेर हालसम्म नछाड्नु, हिरासतमा प्रहरीबाट अमानवीय व्यवहार हुनु र झुटा बयान तयार पार्ने प्रयास मानव अधिकारको गम्भीर उलङ्घन हो । यस्ता कार्य तुरुन्त बन्द गर्न र महेश राईलाई निर्घात कुटपिट गर्ने व्यक्तिहरू (भिडियोमा प्रष्ट चिनिन्छ) लाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न गृह प्रशासनको ध्यान आकर्षण गर्दछौँ ।

झापामा पाण्डपलाल चौधरी र धनकुटामा महेश राईलाई तत्काल रिहा नगरे हाम्रो सम्पूर्ण ध्यान यसप्रति केन्द्रित गर्दै तत्काल कडाभन्दा कडा आन्दोलन घोषणा गरिने र यसका लागि तयारी रहन सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आह्वान गर्दछौँ । यसबाट हुने हानी नोक्सानीमा स्वयम् राज्य पक्ष जिम्मेवार हुनुपर्ने चेतावनी दिन चाहन्छौँ ।

आन्दोलनको क्रममा पक्राउपछि विना शर्त रिहाइ हुनु भएका योद्धाहरूलाई धन्यवाद सहित बधाई तथा सम्मान र सडक बन्द सफल पार्न अहोरात्र खट्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछौँ । पहिचानको रक्षाका लागि बलिदान दिने महान् सहिद पदमकुमार लिम्बू ‘लाजेहाङ’ र घाइते योद्धाहरूलाई सम्झदै आत्मसम्मान, सहअस्तित्व, न्याय र समानताको आन्दोलन सफल पार्न निरन्तर अघि बढ्न पुन: आह्वान गर्दछौँ ।

जनताको भावना विपरीत, राज्य शक्ति र स्रोतको व्यापक दुरूपयोग गर्दै स्वयम् दाजुभाइलाई एक आपसमा भिडाउने उद्देश्यका साथ केपी ओलीको ‘कथित सङ्कल्प यात्रा’को क्रममा सङ्खुवासभाका कान्छा लामा र पाँचथरका प्रेम सङ्ग्रौलाको मृत्यु हुन पुगेको छ । मृत्युको मुख्य कारण केपी ओली, योगेश भट्टराई र महेश बस्नेत गुट हुन् । मृतक दुवैजनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन प्रति समवेदना व्यक्त गर्दछौँ । दुवै घट्नाको केपी ओली गुटबाट जिम्मेवारी लिँदै मृतक पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति दिनु पर्दछ भन्ने कुरामा सचेत गराउँदछौँ । परिवारको मागप्रति हाम्रो समर्थन रहेको समेत विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर !
प्रदेश नाम ‘कोशी’ – मुर्दावाद !
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् !
पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर !

२०८० पुस २ गते

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।