प्रधानमन्त्रीलाई खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने हो ? :सूर्य थापा
काठमाडौ । प्रमुख प्रतिपक्ष नेकपा एमाले सरकार संसद्प्रति जवाफदेही नभएकाे भन्दै आपत्ति जनाएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै समय लिएर बाेल्दै एमाले सांसद् सूर्य थापाले सरकार संसद्प्रति जवाफदेही नभएकाे बताउनुभयाे ।
प्रतिपक्षले गम्भीर विषयमा सरकारकाे ध्यानाकर्षण गराउँदा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् छलेर भाग्ने काम गरेकाे उहाँले बताउनुभयाे । ‘प्रधानमन्त्रीकाे खाेजी गर्नुपर्याे, मन्त्रीकाे खाेजी गर्नुपर्याे, सरकार संसद्प्रति जवाफदेही भएन, बालकुमारी घटनामा दाेषी करार भएका मन्त्रीलाई राजीनामा गर्न वा बर्खास्त गर्न के ले राेकेकाे छ, याे संसद्मा आएर जवाफ दिन के ले राेकेकाे छ ? मिटरब्याज पीडितमाथि अन्याय भएकाे छ, याे सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायाे, प्रधानमन्त्री हराउनुभयाे’- सांसद् थापाले बताउनुभयाे ।
प्रधानमन्त्रीलाई खाेजी गर्नका लागि समिति नै बनाउनुपर्ने हाे कि भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे – ‘प्रधानमन्त्रीकाे खाेजी गर्नका लागि संसद्ले उच्चस्तरीय समिति बनाउनुपर्ने हाे कि ? संसद् स्थगित गर्नुपर्ने हाे कि म ध्यानाकर्षण गराउन चाहान्छ ।’
सूर्य थापाकाे प्रश्न : प्रधानमन्त्रीलाई खाेज्न उच्चस्तरीय समिति बनाउनुपर्ने हाे कि ? संसद् स्थगित गर्नुपर्ने हाे ?


