राष्ट्रिय मान्यता नपाएको दलका मान्छेहरु प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : केपी ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय दलकाे मान्यता नपाएकाे पार्टीका मानिसहरु प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताउनुभएकाे छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशनकाे शुक्रबार काठमाडाैंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलका नेता १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताउनुभयाे । उहाँले कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै त्यसाे भन्नुभएकाे हाे ।

अहिलेको परिस्थितिमा को सरकारमा को हुन्छ हुँदैन भन्न नसक्ने अवस्था रहेको अध्यक्ष ओलीले बताउनुभयो । एमाले त्यस्ताभित्र पर्ने पार्टी नभएको र आफ्नो द‍ृष्टिकोण र इतिहास बोकेको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताउनुभयाे । अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको उहाँले बताउनुभयाे ।

सिर्जन संस्कृतिको विकासका लागि पठन संस्कृतिको विकास आवश्यक रहेको समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।