प्रचण्ड भेट्न ओली बालुवाटारमा

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज (आइतबार) विहान बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संक्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड सत्तारुढ गठबन्धन दलबाट सन्तुष्ट छैनन् ।

कांग्रेसले महासमिति बैठकमा माओवादी जनयुद्धबारे अनावश्यक टीकाटिप्पणी गरेको र राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी असन्तुष्ट छ । साथै, कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीहरु नचलाउन भनेपछि प्रचण्ड थप विच्किएका छन् ।

एमालेसँग माओवादीको सहकार्य हुने सम्भावनाबारे छलफल भइरहेको अवस्थामा प्रचण्ड–ओलीको भेटवार्तालाई विशेष रुपमा हेरिएको छ । कांग्रेस सभापति देउवाले पनि आज प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डले ओली–देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।