राष्ट्रियसभा अध्यक्षमा एमालेको दाबी, ओलीलाई प्रचण्डको ग्रिन–सिग्नल

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनका कारण राजनीतिक माहोल तातिएको छ । खासगरी एमालेले राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने निर्णय गरेपछि माओवादीसँग सहकार्यको अपेक्षा राखेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग लगातार छलफल गरिरहेका छन् । आजमात्रै पनि ओलीले बालुवाटार पुगी प्रचण्डसँग छलफल गरेका थिए । सो छलफलमा राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलको दाबी सुनाएका ओलीलाई प्रचण्डले सकारात्मक जवाफ दिएको एमाले उच्च स्रोतको दाबी छ ।

‘विहान अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको थियो, भेटमा समसामयिक विषयमा छलफल भयो । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा केन्द्रित भएर पनि छलफल भएको थियो । यसमा अध्यक्ष कमरेडले एमालेको दाबीबारे कुरा राख्नुभएको थियो। प्रधानमन्त्रीले पनि सकारात्मक जवाफ दिनुभएको सुन्नमा आएको छ, अब के हुन्छ, छिट्टै परिणामले देखाउँछ।’–एमाले स्रोतले भन्यो ।

एमाले अध्यक्ष ओलीले टिआरसी टुँगो लगाउनको लागि आफ्नो दलको साथ चाहिने भए राष्ट्रियसभाको अध्यक्षमा एमालेको दाबीमा साथ दिन प्रचण्डलाई आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री दाहाल टिआरसी टुँगो लगाउन आँतुर छन् । कतिपयले एमालेले राष्ट्रियसभाको अध्यक्षको निर्वाचन र टिआरसी टुँगो लगाउने दबाबमा रहेका प्रधानमन्त्री दाहालमाथि ढोक्सा थापेको भनेर पनि चर्चा गर्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।