नारी दिवसको अवसरमा गर्भवती महिला प्रहरी कर्मचारीहरुलाई दहि चिउरा खुवाउने कार्यक्रम सम्पन्न
बिराटनगर,फागुन २४ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले गर्भवती महिला प्रहरी कर्मचारीहरुलाई दहि चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
११४ औ अन्तराष्ट्रिय महिला (नारी) दिवशको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर र नेपाल प्रहरी बिशेष सूरक्षा प्रहरी गण दुहवीमा कार्यरत रहेका गर्भवती महिला प्रहरी कर्मचारीहरुलाई दहि चिउरा खुवाउने कार्यक्रम गरेको हो ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी सचिव सृजना नेपाल दाहालको प्रमुख आतिथ्यता तथा संघका पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन सम्पन्न भएको हो ।


