जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप खुकुराको चल्ला प्रदान गरेकाे छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २० जना विद्यार्थीलाई १० वटाको दरले कुखुराकाे चल्ला प्रदान गरेकाे हाे ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई व्यवहारिक रुपमा उद्यमशीलताकाे अवधारण विकास गराउन इन्क्युबेसन सेन्टर स्थापना गरेकाे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए ।

इन्क्युबेसन सेन्टर मार्फत चल्ला पाएका बालबालिकाले संरक्षण गरेर बढाउँदै लैजानेछन्, यसले बालबालिकालाई सानैदेखि उद्यमशील बन्न सिकाउँछ,’ उनले भने,‘ बालबालिकाले कुखुराको रेखदेग गरेकि गरेनन् भनेर स्कुलका शिक्षक र लघुवित्तका कर्मचारीले अनुगमन गर्छन् ।’

विद्यालय उमेरमा नै स्वरोजगार बालबालिकाले अध्ययनपछि अरुलाईपनि उद्यमशीलता सिकाउने उनको भनाई छ । ‘यो बालबालिकाले पेवाको रुपमा पालेको जस्तै हो, अहिले नै आम्दानी गर्न सिकेभने पछि सहज रुपमा उद्यमशील बन्छन्,’ उनले भने,‘ यो कार्यक्रमलाई विस्तार गरिररहेका छौं ‘

पढ्दै कमाउन सिकाउने योजनासहित अभियान सञ्चालन गरिरहेको लघुवित्तको तालिम विभाग प्रमूख रन्जना निरौलाले बताइन् । बालबालिकाले हुर्काएको कुखुराबाट भएको आम्दानीले कुखुरा थपेर पाल्नु पर्ने उनले बताइन् । जीवन विकास लघुवित्तको उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले लघुवित्तले धनपालथान गाउँपालिकामा सुरु गरेको वातावरण मैत्री गाउँ निर्माण अभियान अन्तरगत बालबालिकालाई उद्यमशील बनाउन कुखुराको चल्ला उपलब्ध गराइएको बताए ।

लघुवित्तका कर्सिया साखा प्रमुख गायत्री पोखरेलले थ्रि जिरो क्लबमा आवद्ध विपन्न समुदायका बालबालिकालाई दिएका खुकुरा संरक्षणका लागि परिवारका सदस्यलाई जिम्मेवार बनाइएको बताए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले बालबालिकालाई उद्यमशील बनाउने अभियानलाई स्कुलले पनि सहयोग गर्ने बताए ।

जीवन विकास लघुवित्तले धनपालथान गाउँपालिकामा रहेको जीवन विकास पब्लिक स्कुल, ग्रामथान गाउँपालिकामा रहेको सरस्वती स्कुल र देवानगञ्ज गाउँपालिकामा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थीका लागि इन्कुबेसन सेन्टर अभियान अन्तरगत सहयोग गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।