मोरङ र सुनसरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

बिराटनगर, चैत २७ गते । मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ८ सलकपुर चौक स्थित पुर्वपश्चिम लोकमार्गमा प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो क्रस गर्दै गरेका साईकल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिराटचौकले जनाएको छ ।

त्यस्तै सुनसरीको रामधुनी नगरपालिका- ६ स्थित भित्री सडक खण्डमा प्रदेश १-०२-०४६ प ९०४४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी- ५ झुम्का बस्ने २२ बर्षीय दिपेश चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडी सवार १९ बर्षीय श्रीजल चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

घटनामा संलग्न ठक्कर दिने बस र बस चालक सुनसरी धरान- २० का ३६ बर्षीय बल बहादुर लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖