पानी बितरण तथा निःशुल्क स्वास्थ्य शिविर
सुनसरी, चैत्र २७ गते । सुनसरीको बराहक्षेत्र चतराधाममा चैत्र २७ गते देखी शुरु भएको एक महिने बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा नेपाल प्रहरी श्रीमती संघले पानी बितरण तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
संघकी केन्द्रीय कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू को संयोजकत्व तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङज्यूको सहभागितामा उक्त स्थानमा एक महिना सम्म महाकुम्भमा आउने श्रदालु भक्तजनहरुलाई पानी बितरण गरिने छ ।
यसका साथै सो स्थानमा कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत संचालन हुनेछ ।
उक्त कार्यक्रममा केन्द्रीय प्रहरी श्रीमती संघका पदाधीकारीहरु तथा कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरुको उपस्थिति रहेको छ ।


