संखुवासभामा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्वर-२ गैरीगाँउ बस्ने वर्ष २६ को सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बुवा वर्ष ५३ को युवराज राई बिच घरायसी विषयमा गत चैत २६ गते अन्दाजी १८:३० बजेको समयमा वाद-विवाद हुँदा सुमनले बुवालाई घरको बलेसीमा लडाई ढुङ्गाले अनुहार र टाउकोमा पटक-पटक प्रहार गरी गम्भिर घाइते बनाएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल खाँदबारी संखुवासभामा ल्याई उपचार भइरहेकोमा उपचारकै क्रममा सोही रातको अन्दाजी २१:५४ बजेको समयमा बुबाको मृत्यु भएको छ ।

कुटपिटमा संलग्न छोरा सुमनलाई हिजो बिहान अन्दाजी ०६:०० बजेको समयमा खाँदबारी नगरपालिका वडा नम्बर-१, संखुवासभाबाट नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ बमोजिम कर्तव्य ज्यान मुद्दामा म्याद थप भई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।