झापा र इलाममा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

बिराटनगर, बैशाख २० गते । झापा र इलाम जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिजो इलामको रोङ गाउँपालिका- ४ बाघखोर स्थित मेची राजमार्गमा झापाबाट ईलामतर्फ जादै गरेको मे १ ज ३२६३ नम्बरको भेन आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर तल झरी दुर्घटना हुँदा भेन चालक देउमाइ नगरपालिका- ६ का २५ बर्षीय दिपेश राईको घटनास्थलमै मृत्यु भएको हो भने झापाको बाह्रदशी गाउँपालिका- ६ रुपचनबारी स्थितमा प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ४५ बर्षीय बन मुर्मुलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल चालक ३४ बर्षीय बसन्त राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।