धनकुटा सहिदभूमिका एक सहित ७ जना पक्राउ

बिराटनगर, बैशाख २० गते । झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको बिर्तामोड नगरपालिका- ३ पन्चकन्याटोल स्थित एक घरमा लागुऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत बंगालकी २५ बर्षीया सन्नी सांह र इलामकी २२ बर्षीया मनिसा राईलाई ब्राउनसुगर ७ ग्राम ६० मिलिग्राम, नेपाली नगद १६ हजार ३६५, भारतिय नगद ३ हजार ९६० रुपैया र बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय खजुरगाछीबाट गौरीगंज गाउँपालिका- ४ स्थित खटिएको प्रहरी टोलीले को १७ प ४८५३ नम्बरको मोटरसाईकलाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक गौरादह- १ का १९ बर्षीय लुखिराम बास्कीको साथबाट ब्राउनसुगर ५१० मिलिग्राम फेला पारी मोटरसाईकल पछाडी सवार २३ बर्षीय योगेश राजबंशीलाई समेत नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुनसरीको धरान- १७ का २९ बर्षीय रोमन बिश्वकर्मा र ३५ बर्षीय राज कुमार बिश्वकर्मालाई ५ मिलिग्राम ब्राउनसुगर र नगद १५ हजार ८१५ रुपैया सहित अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने सोही दिन धरान- २० बाट इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट विष्णुपादुकबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०६-००१प००८३ नम्बरको मोटरसाईकलाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट १३ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा सहिदभुमी गाउँपालिका- १ का २४ बर्षीय अनिल कटुवाललाई नियन्त्रणमा लिएको ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।