पत्रकार जम्नेली सहित २२ सम्मानित

मोरङ, २१ बैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयले बिहीबार पत्रकार, पूर्वजनप्रतिनिधि र कलाकारलाई सम्मान गरेको छ। 

पथरीशनिश्चरे नगरपालिका—१  नम्बर वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पुर्‍याउँदै आएका २२ जनालाई नगरको सम्पदाको रुपमा सम्मान गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताए। 

सम्मानितहुनेमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईलगायत रहेका छन्। पत्रकार जम्नेली माओवदी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य तथा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव हुन्। पत्रकार जम्नेली पथरीशनिश्चरे नगरलाई आधार बनाएर दुई दशक अघिदेखि पत्रकारिता गर्दै आएका व्यक्ति हुन्। 

राईसँगै पथरीशनिश्चरे नगरका पूर्ब प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, डा. भुपेन्द्र बस्नेत, संचराचार्य हेमानन्द गिरी, प्रदेश सभा पूर्वसदस्य कृष्णकुमारी राई, पूर्वराष्ट्रिय फुटबलर दीपक राई, महिला फुटबल खेलाडी दीपा न्यौपाने, भारोतलन खेलाडी प्रकाश राई, कलाकार सरोजा खड्गी, गायक महेश बुढाथोली लगायतलाई सम्मान गरेको हो। नगर प्रमुख मोहन तुम्बापोको हातबाट सम्मानितहुनेहरुमा जनगायक वीरध्वज शिवा, लेखक दिपेन्द्रराज तिम्सिना, पत्रकार भूमिप्रसाद पाठकलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो। 

तत्यैगरी अशोक शंकर, वीरबहादुर बस्नेत, मानप्रसाद लिम्बू, टेकबहादुर विष्ट, बसन्तकुमारी राई, बाबुराम एङ्देन र पथरी गाविस पूर्ब अध्यक्ष तिलक राईलाई मरनोप्रान्त सम्मान गरेको हो। 

सम्मानपछि नगर प्रमुख मोहन तुम्बपो, स्थानीय समाजसेवी युवाराज बास्कोटाले शुभकामना दिएका थिए। सम्मानितहरूको तर्फबाट डा. भुपेन्द्र बस्नेत र हेमानन्द गिरीले आफ्नो अनुभुतिहरु राखेका थिए। वडा सचिव मित्रकला चापागाईले सञ्चालन गरेको कार्यक्रम वडा सदस्य सुरेश कार्कीले स्वागत र बसन्ती गुरुङले धन्यवाद मन्तव्य राखेका थिए। 

नेपाली कांगेस नगर सभापति रुपनारायण भट्टराई, स्थानीय समाजसेवी प्रदिपकुमार राई, तुलशी ढकाल, पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ खरेल लगायतको उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।