इलामकी मनिषा र रमेश ब्राउन सुगर सहित प्रहरी फन्दामा

इलाम । इलामकी २२ बर्षीया मनिषा राईलाई ब्राउनसुगर ७ ग्राम ६० मिलिग्राम, नेपाली नगद १६ हजार ३६५, भारतीय नगद ३ हजार ९६० रुपैया र बिभिन्न कम्पनीको मोबाईल ४ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका ३ पन्चकन्याटोल स्थित एक घरबाट उनी सहित थप एक जनालाई विर्तामोड प्रहरीले पक्राउ गरेको डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

यसैगरि सन्दकपुर गाउँपालिकाका ३ का २९ बर्षिय रमेश मगरलाई बिर्तामोड नगरपालिका ६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनीसहित थप एकजनालाई उक्त पदार्थसहित पक्राउ गरेको डिएसपी प्रकाश विष्टले जानकारी दिए ।-स्रोत : इलाम ग्रीन

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।