कोशी प्रदेश प्रहरी प्रमुख खापुङद्वारा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण

बिराटनगर, बैशाख २३ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण तथा अवलोकन गर्नु भएको थियो ।

भ्रमण अवलोकन पश्चात जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुहुँदै प्रहरी शासक होईन सेवक हो भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधीमा रहेर जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो ।

यसका साथै वँहाले सामाजिक संजालको सहि सदुपयोग गर्न, साईबर क्राईमका घटनाहरुलाई न्युनिकरण गर्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नका साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न आ-आफ्नो एरिया इलाकाहरुबाट लामो तथा छोटो दुरीको प्रहरी गस्ती खटाउन समेत निर्देशन दिनु भयो ।

सम्बोधनकै क्रममा वँहाले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको श्री बृद्धीमा लागी पर्नका साथै ऐन नियमहरुको अध्ययन गर्ने बानी बसाल्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖