सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौँ । माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई ठूलो सहयोग भएको छ । 

महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेशाका तालिमहरु सञ्चालन गरिरहेको छ । यीमध्ये वैशाख १२ गतेबाट सुरु भएको बगैँचे र माली तालिम एउटा पेशाअन्तर्गतको हो । यो १५ दिन अवधिको हो ।  

तालिममा २५ जनाले प्रशिक्षण लिइरहेका छन् । हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म राष्ट्रिय सभा गृहको वगैँचामा प्रशिक्षण हुने गरेको छ । फूल बगैँचा र विरुवा सम्बन्धी व्यवहारिक ज्ञान दिन क्रममा सोमबार प्रशिक्षार्थीलाई रत्नपार्कको अवलोकन भ्रमणका लागि लगिएको थियो । 

अवलोकनका क्रममा वगैँचाको ढाँचा, बोट, फूल र विरुवाको व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । 

प्रशिक्षक मदनराज थापा भन्नुहुन्छ, अवलोकनका क्रममा फूल फुल्ने, फूल नफुल्ने, गहनाका रुपमा रापिने, काँटछाँट गर्नु पर्ने विरुवाका बारेमा जानकारी गराइएको थियो । यस्तै बगैँचा निर्माणको ढाँचा, यसका प्रकारका बारेमा अवगत गराइएको थियो ।
१८ बर्ष उमेर पूरा भएका, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकलाई तालिम उपलब्ध गराइएको छ । अहिलेको समूहमा २५ जना हुनुहुन्छ । 

फूल तथा विरुवाका बेर्ना उमार्ने, घरभित्र राखिने र बाहिर राखिने फूल तथा विरुवा, यस्ता विरुवाको स्याहार, कलमी, फूल तथा विरुवामा लाग्ने कीरा, रोग र रोकथामका उपायका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान र सिप माली तालिमको पाठ््यक्रम हो । यससँगै अगैँचामा गर्नु पर्ने काममा, डेड हेडिङ्, पिन्चिङ्, डिस्बर्डिङ्, फिडिङ्, गोडमेल, सपोर्ट, सिँचाइँलगायतका विषयमा प्रयोगात्मक सिप सिकाइन्छ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।