फेसबुक मार्फत चिनजान अनि जबरजस्ती करणी गरी फरार भएका युवक पक्राउ
संखुवासभा । फेसबुक मार्फत चिनजान अनि जबरजस्ती करणी गरी फरार भएका युवक पक्राउ परेका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई फोनमा कुराकानी गरि विवाह गर्ने प्रलोभनमा परिवर्तित नाम संखुवासभा -०५(छ) लाई खाँदबारी स्थित एक होटलमा लिएर गई जवर्जस्ती करणी गरी तत्पश्चात फरार रहेकोमा घटना पश्चात निजले सामाजिक संजाल फेसबुक समेत निस्कृय गरी भागी हिडेका साथै निज प्रतिवादीको नाम थर समेत पीडित बालिकालाई जानकारी नभएको, पीडित बालिका तथा निजको अभिभावक प्रहरीको सम्पर्कमा आए पश्चात घटना सम्वन्धि सुक्ष्म अनुसन्धान गरी निज प्रतिवादीको बास्तविक नाम, थर, वतन खुल्न आई निज प्रतिवादी जिल्ला तनहुँ भिमाद न.पा. वडा नं. २ स्थाई वतन भएको बर्ष ३७ को हिमाल मगर भन्ने अभिमान सिं आलेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा बैशाख २२ गते अं १८:३० बजेको समयमा जिल्ला ओखलढुंगा, सिद्दिचरण नगरापलिका वडा नं. ११ रमाईलो डाँडाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई बैशाख २४ गते संखुवासभा जिल्ला अदालतबाट म्याद थप भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


