सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

सुनसरी, बैशाख २७ गते । सुनसरीको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. १७ प ८९४९ नम्बरको स्कुटर चालक ईनरुवा नगरपालिका-३ का ४० बर्षिय आशिष राई र पछाडि सवार २२ बर्षिय शेवनन्द राजबंशीको साथबाट १५ ग्राम २ सय ४० मिलिग्राम ब्राउन सुगर र भोक्राहा नरसिंह गाँउपालिका-६ स्थितमा बा. ६८ प ८६९८ नम्बरको मोटरसाईकलमा सवार उदयपुरको बेलका नगरपालिका-९ का २६ बर्षिय नरेश बिश्वकर्मा र सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३० बर्षिय सामुएल राईलाई ३ ग्राम ४ सय मिलिग्राम बाउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २२ बर्षिय साजन बि.क. लाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖