मोरङमा २१८ किलो गाँजा सहित एक जना पक्राउ
मोरङ, बैशाख २७ गते । मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बैशाख २७ गते राती साँढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय भगवान किस्कुलाई उक्त परिमाणको लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
