इलाममा पिकअप दुर्घटना,एकको मृत्यु

इलाम । इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति पिकअप सडकबाट खस्दा एकजनाको मृत्यु भएको छ। चालकसमेत रहेका अर्का युवक घाइते भएका छन्।

सापकोटा गाउँको भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप पल्टिँदा इलाम नगरपालिका–५, बरबोटेका अन्दाजी २३ वर्षे सहचालक तोया घिमिरेको मृत्युु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले दुर्घटनामा गम्भीर घाइते घिमिरेको उपचारका लािग अस्पताल लैजाँदैगर्दा बाटैमा मृत्यु भएको जानकारी दिए।

प्रहरीका अनुसार बिब्ल्याँटेबाट जमुनातर्फ गइरहेको पिकअप सडकबाट खसेको थियो। दुर्घटनामा इलाम नगरपालिका–४ का २० वर्षे चालक अभिशेक तिवारी घाइते भएका छन्। उनको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी जबेगूले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।