धनकुटाका ४ जना लागु औषध गाँजा सहित धरानबाट पक्राउ

सुनसरी,बैशाख २८ गते । सुनसरीको धरान उप-महानगरपालिका-२० बिष्णुपादुकाबाट ठुलो परिमाणमा लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट बैशाख २८ गते राती साँढे १ बजे खटिएको प्रहरी टोलीले को १ ज १८२१ नम्बरको गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई राखेको ३ सय ३५ किलोग्राम गाँजा बरामद गरेको थियो ।

गाडीबाट गाँजा बरामद भएसंगै गाडी चालक साँगुरीगढी गाउँपालिका-१० धनकुटाका २६ बर्षीय देउमान राई र ओसार पसारमा संलग्न सोही स्थानका २० बर्षीय निरज राई, २० बर्षीय मन्दिप राई र २८ बर्षीय मन कुमार राईलाई पक्राउ गरेको हो ।

लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।