समुदायको सक्रियतामा सिपाडोलमा दुई सय ९७ घरहरुलाई खानेपानी

भक्तपुर । काठमाडौं उपत्यकाभरि जताततै खानेपानीको समस्या भइरहँंदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा एक घर एक धारा मात्रै छैन, बरु सवै धाराहरुमा मज्जाले पानी आउँंछ । स्थानीय समुदाय नै मिलेर खानेपानीको बन्दोवस्त मिलाएपछि वडाका सवै घरहरुमा खानेपानीको समस्या नभएको हो । सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उपसमिति १ सिपाडोलमार्फत् त्यहाँं घरघरमा धारा राखेर खानेपानीको उचित वन्दोवस्त हुँंदै आएको छ । समितिले नै धारा वितरण गर्ने, शुल्क उठाउनेलगायतका सम्पूर्ण कामहरु गर्दै आएका छन् । यसका लागि समितिले कार्यालय र कर्मचारी नै राखेका छन् । 

सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उपसमिति १ सिपाडोलका अध्यक्ष तुल्सीनारायण लाखेमरुले युवा क्रियाकलाप समाज भक्तपुरमार्फत् ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिसँंग सहकार्य गरी विक्रम संवत् २०७३ फागुन १७ गते विधिवत रुपमा समिति दर्ता गरी खानेपानीको विभिन्न संरचना निर्माण थालेको सम्झे । यसपछि पानी ट्यांकी निर्माण, इन्टेक वनाउने, पाइप विछयाउनेलगायतका काम गरी घरघरमा धारा वितरण गरको उनले सुनाए । अहिले हामीले नारा नै दिएका छौं, एक घर एक धाराको, उनले भने । 

अहिले धारा जडान गर्न चाहने जोसुकै घरधनीले सजिलै धारा जडान गर्न सकिन्छ । त्यसका लागि घर नक्सा पासलगायतका कागजातहरु आवश्यक पर्ने व्यवस्था गरिएको छ । त्यसपछि निश्चित रकम लिएर धारा जडान गरिदिने र महिनामहिनामा मासिक खानेपानीको शुल्क पनि बुझाउनुपर्छ । 

समितिका सचिव शिवनारायण ग्वाछाले हालसम्म वडामा दुई सय ९७ वटा धाराहरु जडान भइसकेका जनाए । पूर्ववत् सिपाडोल गाविसको रुपमा रहेको यो ठाउँंमा अझै पनि धेरै नयाँं घरहरु बनाउने ठाउँंहरु बाँंकी रहेको र त्यही अनुसार नयाँं घर बनेर नयाँं धारा जडान गर्नेहरुको संख्या पनि निरन्तर जारी नै रहेको जानकारी उनले दिए । हाल नयाँं धारा जडान गर्दा पानीको क्षमता कम भएको हुनाले बागमति प्रदेश सरकार र सूर्यविनायक नगरपालिकाको सहयोगमा डिप वोरिंगसहित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको रकमबाट फिल्टर प्लान्ट जडान गरी स्वच्छ खानेपानीको वितरण गरिररहेको छ । 
समितिका कोषाध्यक्ष आशकुमार मचामसीका अनुसार समितिमा आर्थिक वर्ष २०७९।८० मा कुल रकम २२ लाख ४८ हजार चार सय ८५ रुपैयाँं चार पैसा आम्दानी भएको थियो भने २२ लाख ७३ हजार ६ सय १३ रुपैयाँं खर्च भएको थियो । तथापि अघिल्लो आर्थिक वर्षदेखिको हिसाव गर्दा बैंक तथा नगद मौज्दात ३४ लाख ४५ हजार दुई सय ५० रुपैयाँं चार पैसा रहेको उनले जनाए । 

सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नतेले भक्तपुरको नगरकोटपछि सूर्यविनायक पानीको वढी श्रोत रहेको ठाउँं रहेको जनाए । यही कारण पानीको उचित प्रयोग गरी वडाभरि खानेपानीको समस्या नभएको उनले सुनाए । 
।  
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।