अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साबिक कर्थली गाविस घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४२ वर्षीय ङिङबुटी शेर्पा र सिन्धुपाल्चो जुगल गाउँपालिका-१ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।

उनीहरूविरूद्ध सिन्धुपाल्चोकका अरुण तामाङसहित १० जनाले कार्यालयमा ठगीको निवेदन दिएका थिए।

उनीहरूले अमेरिका र क्यानडा पठाइदिन्छु भनी राहदानी, फोटो र पासपोर्ट, बैंक स्टेटमेन्ड, कोभिड क्युआर कोड, एल्लो फिभर कार्ड लएर नगद साढे पाँच करोड ठगेको आरोप छ।

तिनै जनाले नगद लिएर दुबई हुँदै केन्यासम्म लगेर बन्धक बनाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

उनीहरूले हालसम्म १५ जना नेपालीलाई केन्यालगायत विभिन्न मुलुकमा लगेर बन्धक बनाएको खुलेको छ। ती पीडितबाट उनीहरूले साढे ७ करोड रुपैयाँ लिइसकेको खुलेको रेग्मीले बताए।

अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितलाई दुबई ट्रान्जिट गराएर केन्याको राजधानी नैरोबी लैजाने गर्थे। त्यहाँको अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगेपछि अफ्रिकी मुलुकका एजेन्टले पीडितलाई रिसिभ गर्थे।

ट्याक्सीमा राखेर केन्याको जिम्मारमानस्थित भाडामा लिएको दुई वटा फ्ल्याटमा राखेर पीडितलाई ६ महिना बन्धक राखेको खुलेको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।