खोटाङको बुद्वेस्वर स्थित मजुवाभिरमा रक क्लाइम्बिङ गर्ने क्रममा भिरबाट खसेर राईको मृत्यु
खोटाङ । खोटाङको बुद्वेस्वर स्थित मजुवाभिरमा रक क्लाइम्बिङ गर्ने क्रममा भिरबाट खसेर सुचन राईको मृत्यु भएको छ।
विहीवार वेलूकी ५ वजेतिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नंं ५ कालिका मझुवागढीस्थित बुधेश्वर गुफा नजिक रहेको चट्टानी भीर चढ्ने क्रममा अकस्मात लड्न पुग्दा राई गम्भिर घाइते हुन पुगेको हुन।
गम्भिर अवस्थाका घाइते राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पुराइए पनि साँझ ७.०० वजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी श्रोतले जनाएको छ ।


