मोरङ र सुनसरीबाट लागुऔषध सहित ३ जना पक्राउ

बिराटनगर, बैशाख २९ गते ।मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७ बजे विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट PIT समुह तथा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ स्थित ग्यारेजमा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडी मा प्लाष्टिकमा पोका बनाई राखेको अवस्थामा ३१३ किलोग्राम लागुऔषध गाँजा वरामद गरेको छ ।

लागुऔषध गाँजा वरामद भए संगै उक्त ग्यारेजमा काम गर्ने धरान-१५ का २८ बर्षीय आशिष कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले धरान-८ स्थितबाट नियन्त्रित औषधी स्पासपेन ९ हजार ५ सय पिस सहित धरान-१२ का २४ बर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको छ भने मोरङको बिराटनगर-१६ हुलास चौकबाट धरान-१५ का ३६ बर्षीय श्याम राईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले NITROSUN २० चक्की र ESKUF 100 ml सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।