हामी धरानेको वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ। काठमाडौँमा रहनुहुने धरानेहरुको साझा संस्थाको रुपमा खोलिएको हामी धराने , काठमाडौंद्वारा बैसाख २९ गते शनिबार आयोजित “धराने वनभोज तथा नव वर्ष शुभकामना आदानप्रदान कार्यक्रम २०८१ ” च्वङ्गा गणेश थान परिसर , सल्लाघारी भक्तपुरमा २७९ जना धरानेहरुको उपस्थितिमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

बिहान ९:०० बजेदेखि साँझ सम्म भएको कार्यक्रम रक्तदान कार्यक्रम बाट शुरु गरी रमाइलो नाचगान गर्दै सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा ४२ जना धराने रक्तदाताहरुले रक्तदान गर्नु भएको थियोे ।कार्यक्रममा धराने लाखे समुहले लाखे नाच प्रस्तुत गर्दा सबै धरानेहरुले धरानमै भएको अनुभूति गरे भने चन्द्र श्रेष्ठको फेस पेन्टिंग र स्केचिंगले कार्यक्रममा धेरै धरानेहरुले अनुहारमा धरान झल्काउने पेन्टिङरु गरेर वनभोजको माहौलमा थप रौनकताथपिएको थियो ।

संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य माननीय अशोककुमार राईज्यूले कलशमा दियो बालेर गर्नुभएको तियो।

कार्यक्रमको अन्य अतिथिहरुमा न्याय परिषद सदस्य रामकुमार श्रेष्ठज्यू , खाद्य गुणस्तर नियन्त्रणका पूर्व महानिर्देशक जीवन प्रभा लामाज्यू, पूर्व सचिव तथा धरान सरोकार समाजका अध्यक्ष चन्द्र घिमिरे ज्यू, वरिष्ठ गायिका मथुरा श्रेष्ठज्यू , कन्सल्टेन्ट युरोलोजिष्ट डा. पुकार मास्केज्यू , पत्रकार तथा मकाउकालागि पर्यटन प्रवर्तक आनन्द श्रेष्ठज्यू र सेवा निवृत्त शिक्षिका ललिता श्रेष्ठ हुनुहुन्थ्यो ।

कार्यक्रममा आफ्नो जीवनको आधाभन्दा बढि समय शिक्षण पेशामा खर्चिनु भएकी ८४ वर्षिया शिक्षिका ललिता श्रेष्ठलाई प्रमुख अतिथि अशोक राई द्वारा दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो भने अतिथि गण लगायत कार्यक्रम सफल बनाउन प्रायोजन तथा स्वयंसेवक गर्नुहुने महानुभावहरुलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो । औपचारिक कार्यक्रमपछि सबैको लोकप्रिय खेल हाउजीपनि खेलाइएको थियो । मनोरञ्जन नाचगान पश्चात् खानपिन गरी कार्यक्रमको समापन गरिएको थियोे ।

हरेक बर्ष काठमाडौँमा रहनुहुने धरानेहरुको जमघट तथा नयाँ बर्षको शुभकामना आदान प्रदानका कार्यक्रम आयोजना गर्ने तथा काठमाडौँमा रहनुहुने धरानेहरुको हकहित संगै धरानको बिकासको लागि हर समय “हामी धराने ” लागि पर्ने अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।