संखुवासभाबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ
संखुवासभा । बिशेष सूचनाको आधारमा प्रहरी चौकी नुनढाकी, संखुवासभाबाट खटिएको प्रहरी टोलिले १ (एक) थान कटुवा पेस्तोल सहित एक जना ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चैनपुर नगरपालिका वडा नं. १ नुनढाकी लिवाङ्टार स्थित नैन बहादुर लिम्बुको घरमा बस्दै आएका बर्ष ४२ को दिल कुमार चोङवाङ रहेका छन् ।
निज दिल कुमारले हतियार बोकी हिडडुल गर्ने गरेको सूचनाको आधारमा निज उपर प्रहरी निगरानी हुदै आएको थियो ।
बरामद भएको कटुवा पेस्तोल सहित चोङवाङ उपर मुलुकी अपराध संहिता, २०७४ को हातहतियार तथा खरखजना सम्बन्धि कसूरमा जिल्ला अदालत चैनपुर, संखुवासभाबाट म्याद थप भई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


