कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खापुङद्वारा स्थानिय नागरिकहरुसंग अन्तरक्रिया छलफल तथा आगलागी पिडितलाई राहत

बिराटनगर, बैशाख ३० गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले खोटाङ जिल्लाका स्थानिय नागरिकहरुसंग अन्तरक्रिया छलफल तथा आगलागी पिडित पुर्व प्रहरी कर्मचारीलाई राहत बितण गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालयहरुको निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय खोटाङ पुग्नु भएका प्रदेश प्रहरी प्रमुख खापुङले जिल्लाका स्थनिय नागरिक, जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख, जेष्ठ नागरिक, महिला संजाल, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानिय भद्रभलाद्मीहरुसंग जिल्लाको शान्तिसुरक्षाको अवस्था, शान्तिसुरक्षाको निम्ति प्रहरीद्वारा निर्वाह गर्नु पर्ने भुमिका, प्रहरीसंग स्थानिय बासीको अपेक्षा तथा प्रहरी र स्थानियबासी बिचको सम्वन्ध साथै अपराध नियन्त्रणको लागि नागरिकहरुबाट प्रहरीलाई उपलव्ध हुनु पर्ने सहयोग लगायतका विविध बिषयमा अन्तरक्रिया तथा छलफल गर्नु भएको थियो ।

साथै वहाँले सोही कार्यक्रममा बैशाख १४ गते आगलागीबाट पिडित भएका पुर्व प्रहरी कर्मचारी हलेसी तुवाचुङ नगरपलिका-९ का (पुर्व प्र.स.नि.) गोपाल बहादुर थापामगरलाई राहत स्वरुप प्रहरी कल्याण कोष, जिल्ला प्रहरी कार्यालय खोटाङबाट संकलित रकम तथा व्यक्तिगत तर्फबाट समेत गरी नगद १ लाख ५० हजार ५ सय रुपैया हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खडका लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।