कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खापुङद्वारा जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण

खोटाङ, बैशाख ३० गते ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज जिल्ला प्रहरी कार्यालय खोटाङको निरीक्षण भ्रमण गर्नु भएको छ ।

वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, मेस, क्यान्टिन, ब्यारेक लगायत हिरासत कक्षको समेत निरीक्षण गर्नु भएको छ । निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खापुङले धार्मिक स्थल भएको खोटाङ जिल्लामा आउनु हुने भक्तजनहरुको यात्रालाई सुरक्षित बनाउन तथा सुरक्षाको प्रत्याभुति दिलाई सहज तरिकाले यात्रा गर्ने वातावरण मिलाउन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

निर्देशनको क्रममा अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न समय समयमा लामो तथा छोटो दुरीको गस्ती निकाली दुरदराजमा बसोवास गर्ने आम नागरिकहरुमा प्रहरी सेवाको पहुच सहजरुपमा उपलव्ध गराई उनिहरुलाई परेका पिरमार्काहरुको सुनुवाई गर्न निर्देशन दिनुभयो ।

त्यस्तै पहिरो, आगलागी र अन्य विपदका घटनाहरुमा स्थानीय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरीकको जीउ धनको रक्षा गर्न र अनुशासित भई आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न निर्देशन दिनुभयो ।

निर्देशनकै क्रममा खापुङले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सवारी दुर्घटना न्युनिकरण, आत्महत्या तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण गर्नको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा सचेतना फैल्याउन समेत निर्देशन दिनुभयो ।

निरीक्षण भ्रमण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको वारेमा प्रदेश प्रमुखलाई अवगत गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।