‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा जीवनउपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सिप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रतिक्रिया दिएका छन् ।

‘शिक्षामा सिप’  कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरुको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यस क्रममा उहाँले सामुदायिक विद्यालयमा स्केचिङ् र स्कप्चरको सिप सिकाउने शिक्षकहरुसँग विद्यार्थीहरुको रुचि, शिक्षकको सिप सिकाउने विधि, अहिले विद्यार्थीले हासिल गरेको सिपको स्तरोन्नतिका विषयमा जानकारी लिएका थिए । ‘विद्यालयमा सिप सिकेका विद्यार्थीहरुलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिन्छ ।’ उनले माटोका भाँडा बनाउने विद्यार्थीहरुको सिपको प्रसङ्ग जोड्दै भने, ‘वडा नं. ५ मा व्यवसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।’

प्रदर्शनीको समापन अवसरमा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विद्यार्थीहरुले जे गर्नुभएको छ, त्यही नै उत्कृष्ट छ । म निपूर्ण भएपछि मात्र बाहिर आउँछु भनेर सोच्न थालियो भने सधैँ भित्रको भित्रै थुनिने हुन सक्छ ।’ उहाँले थप्दै भने, ‘विद्यार्थीहरुले रेखा कोर्न मात्र होइन, कलात्मक रेखा कोर्नुभएको छ । कोरिएका रेखाभित्र रङ्ग लगाउनु मात्र भएको छैन, कुन ठाउँमा कस्तो रङ्ग लगाउने भन्ने ज्ञानमा व्यवहार गर्न सक्ने हुनुभएको छ । यो हाम्रा लागि उत्कृष्ट नतिजा हो ।’ 

‘विद्यालयमा सञ्चालन गरिएका सिपमूलक कार्यक्रमबाट विद्यार्थीहरु आफ्नो अन्तरनिहित क्षमता चिन्न सक्ने भएका छन् । यसरी पहिचान गरिएको   क्षमताको उपयोग गर्ने विधि छान्न सक्ने भएका छन् ।’ अवलोकनपछि उनीहरुले दिनुभएको साझा प्रतिक्रिया हो । 

शिक्षा विभागले ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । 

यो प्रदर्शनी प्रतिष्ठान र महानगरपालिकाको सहकार्यको नतिजा हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भने, ‘सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुमा सिर्जनात्मक सिप विकासका कार्यक्रमसँगै नगर सुन्दरताका लागि कलाको उपयोगका लागि सहकार्य बढाउँदै लैजान तयार छौँ ।’

प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६ सय वटा मूर्ति राखिएका थिए । चित्रहरुमा जनजीवन, पेशा, प्रकृति, जमिन, जनावर, चराचुरुङ्गी र पोर्टेट चित्रहरु थिए । पोर्टेट चित्रमा महानगरपालिकाका प्रमुख शाह, साहित्यकार स्व. बालकृष्ण सम, खेलाडीहरुका चित्र थिए । 

यस्तै मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । यस्तै बालबालिकाले घरमा खेलौनाका रुपमा प्रयोग गर्ने आकृतिहरुमा विरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी पकाउने कराही, खाना पकाउने भाँडाहरु थिए । 

महानगरपालिकाको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीहरुको संख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् । 

यस्तै कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका छन् । यसरी राखिएका विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिम विद्यार्थीहरुले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा राखिएका थिए ।

यसमा विश्व निकेतम मा. वि., रत्नराज्य मा. वि., ज्ञानोदय मा. वि., तरुण मा. वि., गीतामाता मा. वि., कन्या मन्दिर मा. वि., सहिद शुक्र मा. वि., पद्मकन्या विद्याश्रम मा. वि., र कोटेश्वर सरस्वती मा. वि. गरी ९ वटा विद्यालयका कला समावेश थिए । यी ९ वटा विद्यालयका १९ समूहमा सिप सिकाइ कार्यक्रम भएको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।